नेदरल्याण्डसविरुद्ध नेपाल ५ विकेटले विजयी
rajdhanidaily.com · Thu Jun 05 00:18:09 GMT 2025
काठमाडौं । नेपालले नेदरल्याण्डसलाई ५ विकेटले पराजित गरेको छ ।आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य पछाएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा आरिफ सेखले सर्बाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले १९, गुलशन झा र भिम सार्कीले ११-११ रन बनाएका थिए ।टसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुदै २२५ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)