मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोषणाको १७ महिनापछि १५७ सडकको निर्माण प्रक्रिया सुरु, आठ ठेक्का अझै आह्वान भएन

nayapatrikadaily.com · Thu Sep 15 00:38:00 GMT 2022

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम घोषणा भएको १७ महिना बितिसक्दासमेत त्यसअन्तर्गतका आयोजनाको निर्माण सुरु हुन सकेको छैन । २१ चैत ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै स्विच थिचेर एकैपटक एक सय ६५ वटा संघीय निर्वाचन क्षेत्र रणनीति सडक आयोजनाको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म एउटै आयोजनाको निर्माण सुरु भएको छैन । सरकारले घोषणा गरेको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत एक सय ५७ सडक आयोजना बल्ल निर्माण प्रक्रियामा गएका छन् । आठ निर्वाचन क्षेत्रको रणनीतिक सडकको निर्माण प्रक्रिया सुरु नै भएको छैन ।

सडक विभागको पछिल्लो तथ्यांकअनुसार एक सय ५७ सडक निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । त्यसमध्ये एक सय ३० वटा सडक आयोजनाको ठेक्का सम्झौता नै भइसकेको छ भने २७ सडकको ठेक्का सम्झौता हुन बाँकी छ । आठ निर्वाचन क्षेत्र सडकको ठेक्का आह्वान गर्न बाँकी रहेको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । अब आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडकको पनि ठेक्का आह्वान गरिने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)