वन कार्यालयका कर्मचारीले रोकिएको टेम्पो भीरमा फालिदिए
kendrabindu.com · Sun Jun 14 02:11:19 GMT 2026

कैलाली । एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवार पाल्दै आइरहेकी थिइन् । जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट फालिदिएको धामीले बताइन् ।
धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएको थियो । घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)