मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चारदिने भ्रमणका लागि आज चीन जाँदै परराष्ट्रमन्त्री खनाल

shilapatra.com · Sun Jun 14 02:02:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै छन् । चारदिने भ्रमणका लागि मन्त्री खनाल आज चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खनाल आज चीन अवतरणपछि त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने भेटघाट तथा रात्रि भोजमा सहभागी हुने छन् ।

त्यसपछि भोलिदेखि उनको औपचारिक भेटवार्ता सुरु हुनेछ । मन्त्री खनालले भोलि आफ्ना समकक्षी वाङ यीसँग भेटने कार्यक्रम रहेको जनाइएको छ ।

मन्त्री खनालले अघिल्लो साता भारतको भ्रमण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३

०७:४७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)