एनपीएल २०२५ को आय-व्यय अनुमोदन, यस्ता छन् क्यान बोर्ड बैठकका निर्णय
onlinekhabar.com · Mon Apr 06 18:05:11 GMT 2026
२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ। साथै, क्यानको वार्षिक साधारण सभा २०८३ वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय गरिएको छ।
सोमबार बसेको बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद अन्तर्गत सञ्चालनमा रहेको तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)