पार्टी विभाजनपछि निर्वाचन परिणाममा कस्तो असर पर्छ?
nepallive.com · Thu Oct 27 01:39:00 GMT 2022
काठमाडौं – २०७४ सालमा गठन भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच २०७५ मा एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। तर सो पार्टी २०७७ फागुन २३ मा सर्वोच्च अदालतको एक फैसलाका कारण ‘विभाजित’ भयो र दुई पार्टीहरु पूर्ववत् अवस्थामा फर्किए। एमालेमा पनि विवाद उत्पन्न हुँदै गएपछि २०७८ भदौमा विभाजित भयो। र माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी जन्मियो।
२०७४ सालमा नेकपा एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी १२१ सिट जितेको थियो। तर, २०७८ को विभाजनका बेलामा प्रतिनिधि सभाका २२ सदस्यले एकीकृत समाजवादी रोजे। तीमध्ये ११/११ जना प्रत्यक्ष र समानुपातिक तर्फबाट सांसद भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)