इँटा उद्योगीहरूको गुनासो : उद्योग चलाउने स्थिति छैन
ekagaj.com · Sat Jan 20 15:18:19 GMT 2024
भैरहवा- रुपन्देहीका इँटा उद्योगी व्यवसायीहरूले उद्योग बन्द हुने अवस्था आएको बताएका छन् । निर्माणजन्य काममा आएको गिरावट र स्थानीय इँटाको प्रयोग कम हुन थालेपछि रुपन्देहीको इँटा उद्योग धराशायी हुने अवस्थामा पुगेको भैरहवामा लुम्बिनी इँटा उद्योग व्यवसायी संघले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
एकातर्फ बजारमा माग न्यून छ, तयार भएका इँटा बिक्री हुन सकेको छैन भने बैंक र करका लागि पटक-पटक ताकेता हुँदै गएको र उद्योग सञ्चालनमा समस्या सृजना भएको उद्योगीहरूको भनाइ छ । चर्को ब्याजदर, कर माथिको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो व्यवसाय धरापमा परेको उद्योगीहरूले गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)