मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धबीच ४५ दिने विराम प्रस्ताव

barnanmedia.com · Mon Apr 06 19:15:01 GMT 2026

इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । मध्यपूर्वका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको छ, तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

उक्त प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ । यो प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफलाई पठाइएको बताइएको छ । यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमति हुने नहुने अझै अनिश्चित देखिएको छ । इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी बिना युद्ध रोक्न अस्वीकार गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो समयसीमाभित्र होर्मुज जलडमरूमध्य पुनः नखोले कडा पूर्वाधार आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)