ग्रेटवाल मोटर्समा चाडपर्व अफर
abhiyandaily.com
काठमाडौं (अस) । नेपालका लागि ग्रेटवाल मोटर्स (जीडब्लुएम) को आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले यसपालिको दशैं, तिहार तथा छठ पर्व अवसरमा ग्राहक लक्षित ६ लाखसम्मको लाभ हुने अफर सार्वजनिक गरेको छ । यो अफर जीडब्लुएमका दुई एसयूभी थर्ड जेन हाभल एच६ र हाभल जोलियनका साथै पिकअप पोइरमा उपलब्ध हुनेछ । कम्पनीले एसयूभी र पिकअप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्यसहित ‘चाडपर्वको उमंग हाभल र पोइर चढी दंग’ अफर ल्याएको हो । अफरअन्तर्गत कम्पनीले नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एसेसरिज, सहज फाइनान्स सुविधा, १ वर्षे बीमालगायत राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)