मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नासलचोक खुला

ekantipur.com · Sat Jul 30 01:16:32 GMT 2022

काठमाडौँ — हनुमानढकोका दरबार क्षेत्रको मुख्य र ठूलो नासलचोक आगन्तुकका लागि खुला गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि नासलचोक प्रवेशमा रोक लगाइएको थियो ।

पुनर्निर्माण सम्पन्न भएकाले पर्यटकहरू नासलचोकका अतिरिक्त गद्दी बैठक र ढुकुटीमा समेत प्रवेश गर्न पाउने हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले बताए । ‘दरबारका अरु ठाउँ पनि क्रमशः खुल्दै जानेछन्,’ उनले भने, ‘नौतले दरबारको जीर्णोद्वार पनि अन्तिम चरणमा पुगेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)