बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
onlinekhabar.com · Thu May 21 06:52:07 GMT 2026

७ जेठ, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित बडकी पोखरी मुसैली वर्षौंदेखि स्थानीयवासीको धार्मिक आस्था, सामाजिक जमघट र सामाजिक गतिविधिको केन्द्र हो । विशेषगरी छठ पर्वको बेला यहाँ श्रद्धालुको घुइँचो लाग्ने गर्छ । आर्थिक वर्ष ०७६/७७ मा मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत पोखरीको सौन्दर्यीकरण गर्ने योजना अघि सारेपछि स्थानीयमा ठूलो उत्साह जागेको थियो ।
योजना अन्तर्गत पोखरी वरिपरि पार्क निर्माण, पैदलमार्ग विस्तार, बस्ने स्थान तथा सरसफाइ व्यवस्थापन गरिने आश्वासन दिइयो । स्थानीयले यसबाट धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै बिहान–बेलुकी घुमफिर गर्ने उपयुक्त स्थल बन्ने, साथीभाइसँग डुल्न, भेटघाटका लागि उपयुक्त स्थल बन्ने अपेक्षा गरेका थिए । तर, समयले त्यो खुसी आउनै दिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)