पौवादुङमाका ३४० किसानलाई ‘मिनिटिलर’ वितरण
rajdhanidaily.com · Sun Jun 14 02:20:02 GMT 2026

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ३४० किसानलाई हाते टयाक्टर (मिनिटिलर) वितरण गरेको छ । कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित कृषकको माग र आवश्यकता मूल्याङ्कनका आधारमा हाते ट्याक्टर वितरण गरिएको हो ।
गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)