मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको युरोपियन छनोट : इटालीको लगातार तेस्रो जित

nepallive.com · Thu Apr 01 00:50:00 GMT 2021

काठमाडौं – इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २–० गोलअन्तरले पराजित गरेको हो। इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)