परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएलाई प्रश्न : धाँधलीरहित चुनाव बनाउन के व्यवस्था छ ?
onlinekhabar.com · Sat Sep 04 01:23:14 GMT 2021
१९ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघको (एनआरएनए) दशौ महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन बारे परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ ।
निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन संघले के कस्तो व्यवस्था गरेको छ ? भन्दै मन्त्रालयले संघलाई पत्राचार गरेको हो । अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पत्राचार गर्दै विस्तृत जानकारी पठाउन परराष्ट्रले पाँच दिनको समय सीमा समेत तोकेको छ। संघको इतिहासमा नै निर्वाचनबारे परराष्ट्रले प्रश्न उठाएको यो पहिलो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)