हरिसिद्धीमा हवाई फायर गरी २० हजार ट्रामाडोलसहित तीन पक्राउ
nepalnews.com · Sun Jun 14 02:29:54 GMT 2026

काठमाडौं। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई शनिबार पक्राउ गरेको छ।
ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ९२०१ नम्बरको सुजुकी कारले प्रहरीले रोक्न दिएको संकेत अटेर गरेपछि ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा हवाई फायर गरी नियन्त्रणमा लिइएको हो। उक्त कारलाई बा.प्र.०२–०५६ प ४७६५ नम्बरको मोटरसाइकलले एस्कर्ट गरिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)