बैंक तथा वित्तीय संस्थामा संकलन भएको निक्षेप ५३ खर्ब नाघ्यो
nepallive.com · Fri Jan 06 16:38:00 GMT 2023
काठमाडौं– पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५३ खर्ब दुई अर्ब पुगेको छ।
मंगलबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप संकलन एकै दिनमै ७ अर्ब रुपैयाँले बढेर ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब २ अर्ब निक्षेप संकलन गर्दा वाणिज्य बैंकले मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)