ट्रम्पको चेतावनीपछि इजरायलले इरानी ग्यास उद्योग परिसरमा आक्रमण
barnanmedia.com · Mon Apr 06 21:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका लागि पुनः नखोलिएमा नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लागेको समय सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्यास उद्योग परिसर (पेट्रोकेमिकल कम्प्लेक्स) मा आक्रमण गरेको छ ।
अमेरिका र इजरायलले इरानी संरचना र नेतृत्वलाई निशाना बनाएपछि इरानले बदलामा इजरायल, कुवेत र संयुक्त अरब इमिरेट्सविरुद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । इजरायली आक्रमणमा सोमबार एक इरानी सेना (रिभोलुसनरी गाड्र्स)का कमाण्डरको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)