मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजस्व चुहावट रोक्न जोड

annapurnapost.com · Fri Mar 26 06:04:00 GMT 2021

काठमाडौं : अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध विभाग र सुरक्षा निकायसँग छलफल गरेको छ। राजस्व संकलनमा संकुचन आएको ‘रिपोर्टिङ’ पाएको भोलिपल्ट मन्त्रालयले यस्तो छलफल आयोजना गरेको हो। गत बुधवार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यो वर्षको वार्षिक लक्ष्यको तुलनामा ८ महिनासम्म ६० प्रतिशतभन्दा पनि कम राजस्व संकलन भएको ‘रिपोर्टिङ’ प्रस्तुत गरिएको थियो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवस्था सामान्य भइसकेकाले लक्ष्यभन्दा पनि बढी राजस्व उठाउनुपर्ने बताएका थिए भने राजस्व सचिव रामशरण पुडासैनीले राजस्व लक्ष्य नै नभेट्टाउने छुट कसैलाई नभएको बताएका थिए। त्यसको भोलिपल्टै बिहीबार मन्त्रालयले राजस्व चुहावट नियन्त्रणबारे छलफल गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)