जेनेरिक औषधीः खेला के हो? कसको हो?
swasthyakhabar.com · Thu May 21 07:02:00 GMT 2026

नेपालमा हरेक नयाँ सरकार, त्यसमा पनि हरेक स्वास्थ्यमन्त्रीलाई एउटा गज्जबको कुरो फुर्छ (या भनौँ कुनै समूहबाट फुराउन लगाइन्छ) – “सबै डाक्टरलाई औषधीको प्रेस्क्रिप्सन जेनेरिकमा लेख्न निर्देशन र कडाइका साथ लागू गर्ने प्रण।“ यो कुरो अहिलेकालाई मात्रै हैन, धेरै पहिलेदेखिका मन्त्रीहरूको साझा हुटहुटी हो। यस हुटहुटीका पछाडी थुप्रै कारणहरू छन् नै, त्यसमा पनि मुख्यतहः एकातिर डब्ल्युएचओको निर्देशन अनि अर्कातिर साँच्चै नै केही चमत्कार नै हुन्छ भन्ने सरकारको विश्वास!
साँच्चै यो खेला के हो, कसो हो, चमत्कार नै हो वा चतुरलिङ्गमको कमजोर ज्ञानः मलाई पनि यसो जान्न मन लाग्यो। नितान्त फरक क्षेत्रको भए पनि विगतका सरकारका चमत्कारी कुराबारे चासो राखेर प्रश्न गरेको अनुभवले मलाई यो त केही हदसम्म आफ्नै विषयभित्र पर्ने कुराहरूबारे साँच्चै यो के ‘गोरखधन्दा’ हो र जेनेरिक प्रेस्क्रिप्सनको सुरुङको उतापट्टि सोचेजस्तै उज्यालो छ कि के छ भनेर अलिकति बताइदिनु पर्ने लाग्यो। हुन त अहिले जमाना बदलिएकाले अलिक डर चैँ लागेकै छ। यो मास डिपार्चरको मौसममा हामीजस्ता समयको पदचाप नबुझ्ने जडहरूको चिन्ताबारे सोच्ने कसलाई फुर्सद छ र? त्यसैले त यो ‘प्रभुले जे गर्नु हुन्छ, हामी मनुष्यको भलो सोचेरै गर्नु हुन्छ’ भन्ने मोडमा गएको राज्यमा बाँच्न र बस्न दिएकाले अनुगृहित हुँदै यति त भन्नै पर्छ, यो लेखमा धेरै ठाउँमा ‘प्रश्नवाचक चिह्न’ भए पनि मैले कसैलाई केही सोधेको हैन, झन् सरकारलाई त हुँदै हैन। म निर्दोष छु, मलाई माफ गरियोस्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)