सुदूर र मधेश प्रदेश फाइनलमा
ekantipur.com · Sat Feb 17 16:11:33 GMT 2024
काठमाडौँ — मधेश र सुदूरपश्चिम प्रदेशले तेस्रो मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय प्रतियोगिताको सोमबार हुने फाइनलमा भिड्ने भएका छन् ।
पोखरा रंगशालामा भएको सेमिफाइनलमा मधेशले वाग्मती प्रदेशलाई ५ विकेटले हराएको थियो । १ सय ३० रनको लक्ष्यलाई मधेशले २३.४ ओभरमा पूरा गर्दा चन्दन रामले ७ चौका र २ छक्काको सहयोगमा ५९ रन बनाए । वाग्मतीका रोहित ठाकुरले ३ विकेट लिए । टस जितेको वाग्मतीले २५ ओभरमा ८ विकेट गुमाई १ सय २९ रन बनायो । हिमाल बोहराले ८ चौका र १ छक्कासहित ५९ रन बनाए । प्लेयर अफ द म्याच मधेशका चन्दनले २ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)