देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम
rajdhanidaily.com · Wed Feb 21 23:39:01 GMT 2024
अर्घाखाँची । आर्थिक वर्ष २०७९–०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा बुधबार प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ ।
देशभरका ७५३ तहको मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक मूल्यांकनमा समावेश नगरी १४ वटा सूचकको कुल ७६ अंकको नतिजा प्रकाशित हुँदा सन्धिखर्क नगरपालिकाको ६१.८१ अंक ल्याई नेपाल कै प्रथम हुन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)