गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी
barnanmedia.com · Mon Apr 06 22:06:56 GMT 2026
सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)