आम स्वास्थ्यकर्मीकाे मनोबल उच्च बनाउन नर्सिङ परिषद्को अपिल
kendrabindu.com · Sun May 02 14:45:34 GMT 2021
नेपाल नर्सिङ परिषद्ले काेरोना महामारीकाे बीच अग्रपंतिमा खट्ने आम स्वास्थ्यकर्मीलाई धन्यावाद दिएकाे छ । साथै यस्तो विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यभन्दा पनि मानव सेवामा अहोरात्र कार्यक्षेत्रमा खटेर योगदान दिइरहेका नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिहरूकाे मनोबल उच्च राख्न सम्बन्धित निकायकाे ध्यानाकार्षण गरेकाे छ ।
परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ- 'आफूले सिकेका ज्ञान, सीप र व्यावसायिक दक्षताको अधिकतम उपयोग गर्दै आफू बची र अरुलाई बचाउँको मुल मन्त्रलाई आत्मासाथ गर्दै आफू सुरक्षित रही अरुको सेवामा जुटन आजको आवश्यकता हो । आफ्नो संकल्पमा अडिग भई, उर्जा प्राप्त गरी मानव जीवनको रक्षार्थ खटी आफ्नो पेशाको मर्यादा कायम राख्न नर्स तथा मिडवाइफहरु सक्षम हुनुहुनेछ भनी परिषद्ले विश्वास लिएकोछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)