मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदर बढ्दा बैंकहरूको कर्जा लगानी सुस्त

nayapatrikadaily.com · Fri Feb 17 00:37:00 GMT 2023

ब्याजदर वृद्धिको असर वाणिज्य बैंकहरूको लगानीमा परेको छ । सात महिनामा निक्षेप बढ्दै गए पनि बैंकहरूको कर्जा भने सुस्त देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार सात महिनामा (साउन–माघ) २३ वाणिज्य बैंकहरूको निक्षेप संकलनमा औसत ४.४२ प्रतिशतले वृद्धि भएको छ, तर कर्जा लगानीको वृद्धिदर भने औसतमा २.९८ प्रतिशत मात्रै छ । सात महिनामा वाणिज्य बैंकहरूमा एक खर्ब ९९ अर्ब निक्षेप थपिँदा एक खर्ब १५ अर्बको कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंकहरूको कोषको लागत औसतमा ८.५३ प्रतिशत र आधार दर ११.०६ प्रतिशत पुगेको छ । कर्जाको ब्याजदर मूलतः आधार दरमा आधारित छ । बैंकहरूले निक्षेपमा दिने ब्याजको औसत लागतमा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात र बैंकहरूको सञ्चालन लागत जोडेपछि आधार दर निर्धारण हुने गर्छ । निक्षेपको लागतमा हुने घटबढअनुसार आधार दर पनि तल–माथि हुने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)