खामेनीको अन्त्येष्टिमा ठूलो संख्यामा हताहतको सम्भावना, इरानमा उच्च सतर्कता
nagariknews.nagariknetwork.com · Sun Jul 05 12:20:41 GMT 2026

जर्मन पत्रिका डाइ वेल्टले इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहका क्रममा ठूलो संख्यामा मानिसहरू हताहत हुने सम्भावना रहेको औंल्याएको छ। इरानी अधिकारीलाई उद्दृत गर्दै डाइ वेल्टले एक हजार ५०० देखि तीन हजारासम्मको मृत्यु हुन सक्ने दाबी गरेको हो। तर उक्त दाबीको पुष्टि नभएको कारण इरानी सरकारले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
इरानी रेड क्रिसेन्ट र राष्ट्रिय संकट व्यवस्थापन संगठनले प्रथम उपराष्ट्रपति मोहम्मद–रेजा आरेफलाई पठाएको पत्रमा सम्भावित ठूलो मानवीय क्षतिको मूल्याङ्कन गरिएको उल्लेख गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)