बाल सुरक्षा कानुन उल्लङ्घन गरेको मामिलामा मस्कको एक्स अस्ट्रेलियामा दण्डित
barnanmedia.com · Thu May 21 07:07:01 GMT 2026

अस्ट्रेलियाको एउटा अदालतले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई जरिवाना तिर्न आदेश दिएको छ । बाल सुरक्षासम्बन्धी अनलाइन नियमको पालना नगरेको भन्दै एक्सलाई ६ लाख ५० हजार अस्ट्रेलियन डलर जरिवाना तिर्न आदेश दिइएको हो । अदालतले एक्सलाई ४५ दिनभित्र जरिवानाको रकम बुझाउन भनेको छ ।
यो मुद्दा सन २०२३ मा सुरु भएको थियो । अस्ट्रेलियाको इन्टरनेट नियामक ईसेफ्टी कमिशनरले सामाजिक सञ्जालमा बाल यौन शोषणसम्बन्धी सामग्री नियन्त्रण गर्न एक्सले के–के कदम चालेको छ भन्ने जानकारी मागेको थियो । तर त्यतिबेला कम्पनी ट्विटरबाट एक्समा रूपान्तरण भइरहेका कारण कम्पनीले अनुरोध पालना गर्न आवश्यक नरहेको दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)