हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’
barnanmedia.com · Thu May 21 07:06:59 GMT 2026

हिंसापीडित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनःस्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्व, जिल्लाका ११ वटै स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले राससलाई जानकारी दिनुभयो । सेवा केन्द्रमा लैंगिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा बेवारिसे अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनःमिलन नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)