मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जुकरबर्गले एआई रूपान्तरणमा गल्ती भएको स्वीकारे,थप कर्मचारी कटौती नहुने घोषणा

onlinekhabar.com · Sun Jun 14 02:38:32 GMT 2026

काठमाडौं । मेटाका सी]ईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको कार्यदललाई एआईमा रूपान्तरण गर्ने क्रममा गल्तीहरू भएको स्वीकार गरेका छन्। रोयटर्सले फेला पारेको कम्पनीको एउटा आन्तरिक मेमोमा जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गर्दै यस्तो कुरा उल्लेख गरेका हुन् ।

जुकरबर्गले मेटाको आन्तरिक कार्यप्रणालीलाई एआई प्रविधि अनुकूल बनाउन अर्बौं डलर लगानी गरिरहेका छन्। एआई प्रविधिमा आएको तीव्र विकास र यसका कारण सिर्जित चुनौतीहरूको चर्चा गर्दै उनले मेमोमा लेखेका छन्, ‘यी परिवर्तनहरूको जटिलताका कारण हामीबाट गल्तीहरू भएका छन् र भविष्यमा पनि पक्कै थप गल्तीहरू हुनेछन्।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय