काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा
barnanmedia.com · Mon Apr 06 23:16:26 GMT 2026

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको सोमबार साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौंमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो ६ घण्टामा सोमबार सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ , त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)