मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्रीले गरे यूएईका समकक्षीसँग टेलिफोन वार्ता

barnanmedia.com · Mon Apr 06 23:25:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा यूएईका विदेशमन्त्रीले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कुराकानीका क्रममा दुई देशका मन्त्रीहरूबीच पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिको बारेमा गहन छलफल भएको छ। परराष्ट्रमन्त्री खनालले यूएईको सार्वभौम भूभाग, नागरिक र ऊर्जा केन्द्र, बन्दरगाह तथा विमानस्थलजस्ता महत्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी भएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको परराष्ट्र मन्त्रलयले जनाएको छ। सो अवसरमा उनले यूएईप्रति नेपालको ऐक्यबद्धता प्रकट गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)