पत्रिका वितरण अवरोधका विषयमा वार्ता प्रक्रिया सुरु
ekantipur.com · Wed Jul 26 17:10:59 GMT 2023
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका दुई प्रकाशन कान्तिपुर दैनिक र द काठमान्डु पोस्टको वितरणमा भएको अवरोध हटाउन आन्दोलनरत पक्ष र कान्तिपुर व्यवस्थापनबीच संवादको प्रक्रिया सुरु भएको छ । कान्तिपुर व्यवस्थापनले मंगलबार वार्ता आह्वान गरेपछि ‘कान्तिपुर संघर्ष समिति’ ले वार्ता समिति गठन गरेको छ ।
आन्दोलनरतमध्येको एक कान्तिपुर पब्लिकेशन्स् कर्मचारी मजदुर संघका अध्यक्ष हरि बस्नेतले व्यवस्थापन पक्षले वार्ता आह्वान गरेपछि १७ सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार चारवटा संगठनबाट ४–४ जना र एक जना मिश्रबाबु अधिकारी समितिमा छन् । ‘वार्ता समिति गठन भएकाले संवादको प्रक्रिया त सुरु भएको छ, तर व्यवस्थापन पक्षले हाम्रो चिठी बुझ्न नमान्दा वार्ता हुन सकेन,’ बस्नेतले भने । कान्तिपुर व्यवस्थापनले वार्ता आह्वान गरेर सकारात्मक सन्देश प्रवाह गरे पनि वार्ताको वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)