राजस्व छल्नेमाथि ३६ करोड ५५ लाख ६७ हजार रुपैयाँ बढीको मुद्दा
rajdhanidaily.com · Sat Feb 05 01:22:33 GMT 2022
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा विभिन्न चार जना संलग्न आईटी कम्पनीविरुद्ध बिगो दाबी र सजायसहित कुल ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँको मुद्दा दायर गरेको छ । विभिन्न तरिका अपनाएर राजस्व छल्ने चार जना आईटी कम्पनीका सञ्चालकविरुद्ध विभागले १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ बिगो दाबी र सोही रकम बराबरको थप जरिवाना र सजायसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।
विभागका अनुसार ब्रिङ मिडिया डिस्ट्रब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही कम्पनीका व्यवस्थापक सुरेन्द्र क्षेत्री र अर्का व्यवस्थापक सुमन क्षत्रीमाथि राजस्व छलीको मुद्दा दायर गरेको हो । यसैगरी, अर्को कम्पनी स्टार इन्डिया प्रालि भारतको आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राइटर अञ्जली अरोरसमेत विरुद्ध विभागले मुद्दा दायर गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)