बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
nepalbahas.com · Thu May 21 07:18:01 GMT 2026

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
७ जेठ, दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेको सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ ।
हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको हो ।
अध्यक्ष भण्डारीले भने, “हामीले निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेका छौँ । सम्भवत अब यथाशीघ्र कामले निरन्तरता पाउने छ ।” उनका अनुसार रु ५६ करोड ८० लाख २४ हजार ६३० लागतमा उक्त आयोजना सम्पन्न हुनेगरी काम अघि बढेको हो । सो आयोजनाअन्र्तगत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइने छ ।
हालसम्म पानीका लागि नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जन बढी ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेका अध्यक्ष भण्डारीले जानकारी दिए । तुलसीपुरमा एउटा भण्डारण ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पुराना पाइपलाइनको मर्मत पनि सम्पन्न भइसकेका छन् ।
यो आयोजना पूरा भएपछि १०० लिटरप्रति सेकेण्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले उल्लेख गरे । जसले तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका(६ का विभिन्न गाउँलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
त्यसैगरी संस्थाले खानेपानीको प्रमुख मुहान रहेको क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा हुने अनधिकृत उत्खननलाई रोक्न तथा मुहानको संरक्षणका लागि पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले बताए । उनका अनुसार संस्थाले रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ ।
“रक्षाचौर क्षेत्रमा सेडिमेन्टेसन प्रविधिमार्फत पानीको फिल्टरिङ भइरहेको छ । यो प्रविधि भनेको पानीलाई एउटा ठूलो ट्याङ्कीमा केही समयस्थिर राखिन्छ । पानीमा भएका कणहरू विस्तारै ट्याङ्कीको फेदमा थुप्रिन्छन् । अनि माथिल्लो भागको सफा पानी अर्को चरणमा पठाउने गरिन्छ । पानी पूरै शुद्धीकरण गरेपछि अर्को टयाङ्कीमा जम्मा गरेर मात्र उपभोक्ताको घरमा पुर्याउने गरिएको छ ।”, उपाध्यक्ष शर्माले भने । यो कार्य पूरा भइसकेकाले अब वर्षायाममा धमिलो पानीको समस्या नहुने उनले बताए ।
संस्थाले विभिन्न स्थानमा रहेका करिब १०० खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्ण रूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गरेर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यअघि बढाएको उपाध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार आगामी दिनमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजार बढी जनसङ्ख्यालाई खानेपानीको सहज व्यवस्थापन गरिरहेको छ । बबई नदीको पानी लिफ्टिङ गरेर कहिले आउँछ भन्ने प्रतिक्षामा नागरिक छन् । बढ्दो गर्मीका कारण खानेपानीका मुहान सुक्न थालेपछि पानीवितरणमा समस्या भइरहेको छ ।
तुलसीपुर क्षेत्रका केही गाउँका धारामा पानी आउन छाडेपछि खानेपानी संस्थाले ट्याङ्रबाट बोकाएर दिनहुँ निशुल्क पानी वितरण गर्दै आएको छ । संस्थाले यसअघि आगामी असार मसान्तसम्म उक्त आयोजना निर्माण सम्पन्न गरी पानी वितरण गरिने जानकारी गराए पनि अझै करिब छ महिना पानी वितरणका लागि समय लाग्न सक्ने जनाएको छ ।
उर्जा/सिंचाई
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
जेठ ७, २०८३ बिहिबार
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
जेठ ६, २०८३ बुधबार
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश
जेठ ५, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा मंगलबार सर्वोच्चले निर्णय सुनाउने
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
आज प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय सुनाउन सक्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न वर्षमान पुनको माग
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रधानन्यायाधीश सिफारिसविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी, डा. मनोज शर्माको नियुक्ति अस्वीकृत गर्न माग
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
सर्वोच्चले माग्यो दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण, महान्यायाधिवक्ताबाट फाइल माग
जेठ ६, २०८३ बुधबार
२
प्रतिनिधिसभा बैठक : सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई तीनचोटि रुलिङ गरे, हर्कले छोड्नन् हठ
जेठ ६, २०८३ बुधबार
३
सशस्त्रको बढुवामा वरीयता मिचियो, १४ जनालाई कमाण्ड गर्न डीआईजीको दरबन्दी थपियो
जेठ ६, २०८३ बुधबार
छुटाउनुभयो कि?
बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
जेठ ७, २०८३ बिहिबार
भद्रगोल देखियो आकस्मिक र शून्य समय, कार्यव्यवस्था राखेर नियमावली संशोधन गर्ने तयारीमा सभामुख
जेठ ७, २०८३ बिहिबार
हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग
जेठ ७, २०८३ बिहिबार
बहुराष्ट्रिय कम्पनी डाबरको उत्पादन ‘डाबर हनी’ खान अयोग्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
जेठ ७, २०८३ बिहिबार
तारकेश्वर तिनपिप्लेमा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामाथि डोजर चल्यो
जेठ ७, २०८३ बिहिबार
वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह
जेठ ७, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)