अस्पतालको क्षमता विस्तार
gorkhapatraonline.com · Sun Jun 14 02:50:37 GMT 2026

धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीको सङ्ख्या बढेपछि क्षमता विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख रुपियाँ बजेटबाट पूर्वाधार निर्माण गरेर सेवा विस्तार गरिएको हो ।
दैनिक ६४ जनालाई डायलासिस सेवा दिइरहेको अस्पतालले थप २० जनालाई सेवा दिने गरी कक्ष विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नियमित डायलासिस गर्नेबाहेक झन्डै ३० जना लाइनमा बस्नुपर्ने र कतिपय पोखरा बाध्यता भएपछि कक्ष विस्तार गरेका हौँ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)