अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं
rajdhanidaily.com · Wed Aug 18 00:05:23 GMT 2021
काठमाडौं । तालिबान शक्तिले सत्ता कब्जा गरेको विकसित घटनाक्रमपछि अफगानस्तानबाट मंगलबार मात्रै २ सय ११ जना काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार बिहान जरिरा एयरलाइन्सबाट १ सय २७ तथा राति १० बजे सोही एयरलाइन्सबाट ८४ जना गरी २ सय ११ जना अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्र ाष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
मंगलबार नेपाल आएकामध्ये नौ जना भने नेपाली मूलका भारतीय नागरिक छन् । यसरी आउनेहरू सबै अमेरिकी राजदूतावासमा कार्यरत सुरक्षा गार्ड रहेको बताइएको छ । भारतीय नागरिकलाई भने भारतीय दूतावासको रोहवरमा उनीहरूकै जिम्मा लगाइएको छ । अफगानस्थानबाट आएकालाई सरकारले स्वास्थ्य जाँचका लागि विमानस्थलबाट नेपाली सेनासँगको समन्वयमा सिधै सामाखुसीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा लगेर राख्ने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)