मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद राईकाे माग -बाँदर कसरी नियन्त्रण गर्ने ? सात दिनभित्र जवाफ चाहियो

kendrabindu.com · Thu May 21 07:26:50 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए । उनले भने, ‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन । यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ । आज बाँदरले सयौं मानिसहरुलाई बसाइ गराइसक्यो । सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएका छैनन् । यसबारे सरकार किन सिरियस हुँदैन । जनताको जीवनमा जुन ठूलो समस्या बाँदर भएको छ यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तनमा ठूलो समस्या हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)