मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानाध्यापक धामी मृत्यु प्रकरणले दार्चुला आन्दोलित

annapurnapost.com · Thu May 21 07:25:40 GMT 2026

दार्चुला : व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रधानाध्यापक संघ नेपाल (प्यान) व्यास गाउँपालिकाका अध्यक्ष स्व. बलदेवसिंह धामीको मृत्यु प्रकरणले दार्चुलाको शिक्षा क्षेत्र तरंगित बनेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ भने शिक्षक संगठन र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तिअनुसार धामीको झुन्डिएर मृत्यु भएको घटनामा आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामाथि जिल्ला अदालत दार्चुलाबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)