मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन अतिक्रमित जग्गामुक्त अभियान स्थगित

annapurnapost.com · Thu May 21 07:21:58 GMT 2026

महोत्तरी : हुकुम्बासी र सुकुम्बासी छुट्याउने सर्तमा वन क्षेत्रको अतिक्रमित जग्गामुक्त अभियान स्थगित भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले मंगलबार बिहानदेखि सुरु गरेको सार्वजनिक जग्गा अतिक्रमितमुक्त अभियान तत्कालको लागि स्थगित गरिएको हो।

गौशाला नगरपालिका १ र बर्दिबास नगरपालिका ५ मा पर्ने वनको जग्गालाई अतिक्रमित गरि निर्मित घरटहरा हटाउने प्रक्रिया हटाउने अभियान सुरु भएपछि स्थानीयले अवरोध गरेका थिए। स्थानीय पूर्व–श्चिम महेन्द्र राजमार्ग अवरोध गरी प्रदर्शनमा उत्रिएपछि विवाद उग्र भएको थियो। सो विवाद साम्य पार्न वडाध्यक्ष कारमान स्याङ्वा र वन डिभिजन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रबीच छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)