मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय सरकारबाट सत्तरी करोड बजेट

gorkhapatraonline.com · Sun Jun 14 02:56:27 GMT 2026

सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सडक, पुल तथा सहरी पूर्वाधार विकासका १४ वटा आयोजनामा ७० करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

दाङ क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजित बजेट मुख्य रूपमा सडक स्तरोन्नति, पुल निर्माण तथा सहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ । उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक मर्मत, स्तरोन्नति र सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नं. ३ को विकासमा महŒवपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय