शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित
gorkhapatraonline.com · Sun Jun 14 02:58:33 GMT 2026

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।
नगरप्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो । उपमहानगरपालिकाले ‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)