खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति
ratopati.com
उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए ।
“वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरूले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ”, उनले भने, “सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन ।” सरकार, राखेप, खेल सम्बद्ध सङ्घ संस्था, खेलाडी र सरोकारवाला सबैले संकल्प गर्नुपर्ने बताउँदै उनले भने, “हामी संकल्प गरौँ । खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौँ, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौँ । किनकी साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)