प्रदेश–१ मा बिहानैदेखि वर्षा, दिउँसो वाग्मतीसहित चारवटा प्रदेशमा पानी पर्ने
baahrakhari.com · Sun May 08 00:07:00 GMT 2022
काठमाडौं । प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)