मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अभियान नचलाए डेंगु अझै बढ्ने

ekantipur.com · Thu Sep 15 00:51:03 GMT 2022

काठमाडौँ — डेंगु संक्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा नष्ट नगरिए संक्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् । अहिलेकै अवस्थामा संक्रमण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा संक्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

अर्कातिर, डेंगु संक्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)