पर्यटकीय सम्भावना बोकेको सिदिङवाधाम
nagariknews.nagariknetwork.com · Sun Jul 05 12:46:02 GMT 2026

ताप्लेजुङको सिदिङ्वास्थित सिदिङ्वा धामको काखमा आइतवार सिदिङवा धाम पर्यटन प्रर्वद्धन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । केचना–कञ्चनजंघा पर्यटन विकास समितिको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको संयोजनमा पर्यटन व्यवसायी,स्थानीय सरकारका प्रतिनिधि र केचना–कञ्चनजंघा पर्यटन विकास समितिका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिए ।
सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवास्थित थामडाँडामा भएको कार्यक्रमबिच केचना–कञ्चनजंघा पर्यटन विकास समितिका नवनियुक्त सदस्य तथा सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा गाउँपालिका पर्यटन बजारको बलियो र प्रसस्त सम्भावना बोकेको क्षेत्र भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)