रकम उठाइदिने भन्दै झुटा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी
annapurnapost.com · Thu May 21 07:28:17 GMT 2026

काठमाडौं : भैरहवाबाट आएकी ज्ञानी श्रेष्ठ (नाम परिवर्तन) हातभरि फाइल बोकेर वैदेशिक रोजगार विभागमा भेटिइन्। कार्यालय प्रमुख मीरा आचार्यको कार्यकक्ष अगाडिको प्रतीक्षालयमा बसेकी उनी आफ्ना गाउँका भाइहरूको फसेको पैसा उठाउन विभाग परिसर पुगेकी थिइन्। वैदेशिक रोजगारीका लागि धेरै वर्ष इजरायल बसेकी उनी फर्केपछि पनि गाउँका भाइहरूलाई विदेश पठाउन सक्रिय छिन्।
चिनेजानेकै ५ जना भाइलाई ‘रोमन दाससँग’ (नाम परिवर्तन) सम्पर्क गराएर इजरायल पठाउन उनी लागिपरिन्। ती युवाहरूले श्रेष्ठकै विश्वासमा ८ देखि १० लाख रुपैयाँसम्म बुझाए। सबैबाट ६० लाख रुपैयाँ उठाएपछि रोमन फरार भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)