वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह
ukeraa.com

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मगरले अघिल्लो सरकारले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने सुनिएको उल्लेख गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
उनले बाल अधिकार संरक्षण, बालबालिकाको हकहित तथा संस्थागत निरन्तरताजस्ता संवेदनशील विषयलाई ध्यानमा राख्दै स्पष्ट वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)