स्पेसएक्सले इतिहासकै सबैभन्दा ठुलो आईपीओ ल्याउने, चन्द्र-मङ्गल यात्रा र क्षुद्र ग्रह उत्खनन योजना
techpana.com · Thu May 21 07:31:35 GMT 2026

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ इतिहासकै सबैभन्दा ठुलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ अग्रसर भएको छ । कम्पनीले आईपीओका लागि अमेरिकी धितोपत्र नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा बुधबार विवरणपत्र (प्रोस्पेक्टस) बुझाएको छ ।
स्पेसएक्सले सार्वजनिक निष्कासनबाट ७५ अर्ब अमेरिकी डलरसम्म पुँजी जुटाउने लक्ष्य राखेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् । यसबाट कम्पनीको मूल्य १.७५ ट्रिलियन डलरसम्म पुग्ने देखिन्छ । यदि यो आईपीओ निष्कासन सफल भएमा स्पेसएक्सको सूचीकरण इतिहासकै सबैभन्दा ठुलो हुने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)