अनुदान शिक्षक हटाउँदा अध्ययन प्रभावित
gorkhapatraonline.com · Sun Jun 14 03:04:47 GMT 2026

भेरी नगरपालिका जाजरकोटले एकै पटक ४४ जना नगर अनुदानका शिक्षक हटाउँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको पत्रलाई कार्यान्वयन गर्दै नगरपालिकाले यही जेठ २५ गतेदेखि लागु हुने गरी नगर अनुदान शिक्षकलाई विद्यालय नआउन पत्राचार गरेको थियो ।
नगरपालिकाको उक्त पत्रका आधारमा नगर अनुदान कोटाबाट सञ्चालन हुँदै आएका विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटका अध्यक्ष आशा शाह कार्कीले पढाइको मुखैमा आएर एक्कासि वैकल्पिक व्यवस्थापनबिना शिक्षकहरू हटाइनु बालबालिकाको भविष्यप्रति खेलबाड भएको आरोप लगाउनुभयो । नगरपालिकाले गरेको यस पत्राचारसँगै भेरी नगरपालिकाभित्र रहेका ५५ वटा सामुदायिक विद्यालयलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)