कृषिमन्त्रीसँग एडीबीका देशीय निर्देशकको शिष्टाचार भेट
ekantipur.com · Mon Sep 02 17:05:38 UTC 2024

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक आर्नौड काउचोइसले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालित आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए । उनले आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले उक्त समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)