गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
nepalnews.com · Thu May 21 07:41:36 GMT 2026

बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)